सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेको घोषणा

नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेको घोषणा

870
Shares
नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेको घोषणा

काभ्रेपलाञ्चोक । नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी सोचेको भन्दा फरक पाएकोले आजैबाट आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको उल्लेख गरेकी छन् ।

कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७८ को पार्टी विभाजनमा उनले नेकपा एसमा सनाखत गरेकी थिइन् ।

परिवारका सदस्य शान्ता श्रेष्ठ, मुना श्रेष्ठ, सीतादेवी श्रेष्ठ, लक्ष्मीभक्त श्रेष्ठ, सनिस श्रेष्ठ, विवेश श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र रामगोपाल श्रेष्ठले पनि आफूसँगै पार्टी परित्याग गरेको उनले लेखेकी छन् ।

870
Shares

ट्रेन्डिङ