काठमाडौँ । प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ ।
आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।
साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले बताए ।

उनले भने, ‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको रहेछ ।’