सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काभ्रेमा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

745
Shares
काभ्रेमा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–६, काभ्रेकी २५ वर्षीया सुनिता मोक्तानलाई आइतबार (२०८२ साउन २८ गते) अपराह्न हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।

गाउँपालिका कार्यालयका अनुसार वडा नम्बर ६ मा रहेको बनम्वुङ्घार स्वास्थ्य चौकीमा उपचाररत मोक्तानलाई प्रसव लामो समयसम्म भए पनि बच्चा जन्म नहुने र श्रोणी भाग साँघुरो हुने समस्या देखिएको चिकित्सकले पुष्टि गरेका थिए। शनिबार बिहान ९:३० बजेदेखि सुरु भएको प्रसव पीडा १६ घण्टासम्म पनि सामान्य प्रसव सम्भव नभएपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार नहुँदा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका मन्त्रालय, नेपाली सेना, स्वास्थ्यकर्मी र गाउँपालिका समन्वयमा उद्धार प्रक्रिया सुरु गरिएको हो।

नेपाली सेनाको हेलिकप्टरमार्फत धुलिखेल हुँदै काठमाडौं लगिएको मोक्तानको अस्पतालमा सफल शल्यक्रिया (अपरेशन) भएको र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल घिसिङले प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद तत्काल उद्धार सम्भव भएकोमा उद्धारमा संलग्न सबै पक्षलाई धन्यवाद दिएका छन्।

745
Shares

ट्रेन्डिङ