सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • लुना लुइँटेल मिस नेपाल २०२५ घोषित

लुना लुइँटेल मिस नेपाल २०२५ घोषित

395
Shares
लुना लुइँटेल मिस नेपाल २०२५ घोषित

काठमाडौं । २६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ बनेकी छन्।

शनिबार गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ‘द हिडन ट्रेजर’द्वारा आयोजित मिस नेपालको ३१औँ संस्करणमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको ताज जितेकी हुन्।

मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले उनलाई ताज पहिर्‍याइ दिएकी थिइन्। स्कूबा डाइभरसमेत रहेकी लुना १७ वर्षमै अस्ट्रेलिया पुगेकी थिइन् र त्यहाँ नर्सिङ अध्ययन गरेकी हुन्।

हाल उनी सिड्नी विश्वविद्यालयमा पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन्। सन् २०१५ मा उनी मिस टिन नेपालकी पहिलो उपविजेता पनि रहिसकेकी हुन्। यस संस्करणमा दीपशिखा नेपाल पहिलो उपविजेता बन्दै ‘मिस नेपाल कस्मो’ घोषित भइन् भने उरुषा भण्डारी दोस्रो उपविजेता बनेर ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन्। उनी जापानमा हुने मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। सोनी घलेले ‘मिस नेपाल अर्थ २०२५’को उपाधि हात पारिन्।

अन्य उपाधि विजेताहरूमा प्रज्ञिका क्षेत्री ‘मिस कन्फिडेन्ट’, उरुषा भण्डारी ‘मिस टाइमलेस एलिगेन्स’ तथा ‘रियल मिस पपुलर च्वाइस’, साइच्छा थापा ‘मिस ब्यूटिफुल हेयर’, आरती थापा ‘मिस हेल्थी स्किन’, जग्दिश्वरी शाह ‘मिस ग्रीन भिजनरी’, प्रियांका थापा ‘मिस प्रिस्टिन’, स्मृति श्रेष्ठ ‘मिस फोटोजेनिक’ र ‘फार्मेसी फेस अफ द इयर’, लुना लुइँटेल ‘मिस डिएचआई’, दीपशिखा नेपाल ‘मिस इम्पावर्ड च्वाइस’, श्रृष्टीकुमारी तामाङ ‘मिस ब्यूटी विथ पर्पज’, स्रुति महर्जन ‘मिस इन्टेलेक्चुअल’ र निलिमा पाण्डे ‘वुमन विथ विङ्गस’ बने।

अन्तिम प्रतिस्पर्धामा शीर्ष ४ मा पुगेका लुना लुइँटेल, दीपशिखा नेपाल, उरुषा भण्डारी र सोनी घलेलाई एउटै प्रश्न गरिएको थियो— “यदि तपाईंले सौन्दर्य प्रतियोगिताबारे एउटा धारणा परिवर्तन गर्न सक्नुहुन्छ भने त्यो कुन हो र किनरु” उनीहरूले आफ्ना फरक धारणा प्रस्तुत गरेका थिए।

निर्णायकमा मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा, मिस्टर नेपाल २०२३ समर्पण जंग कार्की, अभिनेत्री आना शर्मा, सीईओ महेश स्वाँर, डिजाइनर मनिश राईलगायत चर्चित व्यक्तिहरू थिए।

अन्ततः लुना र दीपशिखालाई अन्तिम दुईमा उभ्याइएको थियो। निर्णायक क्षणमा लुनाले मिस नेपाल २०२५ को उपाधि जितेकी हुन्।

395
Shares

ट्रेन्डिङ