सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

415
Shares
कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये एकैदिन ६२८ जना कारागार फर्किएका छन् ।

कारागार व्यवस्थापन विभागले सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ । यसअघि सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिए । उनले अधिकांश बैदीबन्दी आँफै आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए ।

नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए ।

415
Shares

ट्रेन्डिङ