सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • मतदाता नामावली दर्ता ५ दिन थप

मतदाता नामावली दर्ता ५ दिन थप

400
Shares
मतदाता नामावली दर्ता ५ दिन थप

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अतिरिक्त पाँच दिन थप गरेको छ।

आयोगका अनुसार अब मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली संकलन जारी रहनेछ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता प्रक्रिया सहज बनाउन बिदाका दिन पनि सबै निर्वाचन कार्यालयहरू खुला रहने छन्।

भण्डारीले इन्टरनेट तथा प्राविधिक समस्या देखिएमा तुरुन्तै समाधान गर्न २४ घण्टा प्राविधिक जनशक्ति खटाइएको जानकारी दिए।

दर्ता विस्तारसँगै नयाँ मतदाता बन्ने इच्छुक नागरिकलाई सहज वातावरण बनेको आयोगको भनाइ छ।

यस निर्णयपछि प्रधानमन्त्री कार्की, निर्वाचन आयोग र राष्ट्रिय पञ्जीकरण विभागप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्ने क्रम पनि बढेको छ।

400
Shares

ट्रेन्डिङ