सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

325
Shares
सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली । तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिए ।

चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । उनले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गरे। गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताए।

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिए ।

325
Shares

ट्रेन्डिङ