सबैको समाचार
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

3790
Shares
विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।  कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको प्रहरीले जनाएको छ । रासस

3790
Shares

ट्रेन्डिङ