सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • राप्रपा महाधिवेशन शुरु लोहनीको अध्यक्ष पदमा दावी

राप्रपा महाधिवेशन शुरु लोहनीको अध्यक्ष पदमा दावी

7735
Shares
राप्रपा महाधिवेशन शुरु लोहनीको अध्यक्ष पदमा दावी

राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भई बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।
महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गने कार्यक्रम रहेको छ । राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने राप्रपाले जनाएको छ । महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।
महाधिवेशनमा राप्रपाका पूर्व अध्यक्ष रहेका कमल थापालाईनै अध्यक्ष बनाउने कुरामा सहमति भए पनि राप्रपाका अर्का नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै सहमति तेडी पार्टी नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको भन्दै विज्ञप्ती जारी गरेका छन् ।
पार्टीको विधानप्रति असन्तुष्टि राख्दै नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएको कारण  र आफूलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । गत बुधबार मात्रै अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो ।
पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै लोहनीले सहमतिको औचित्य नभएको तर्क गरेका हुन् ।

7735
Shares

ट्रेन्डिङ