सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

5030
Shares
सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आपत्ति जनाउँदै आएको मोर्चाले अव सरकारसँग सम्बन्ध बिच्छेद गर्नेगरी आन्तरिक छलफललाई तीव्रता दिएको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टीको केन्दि्रय कार्यालय बिजुलीबजारमा शनिवार बसेको मोर्चाको सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन सरकार गम्भिर नदेखिएको निष्कर्ष निकालेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष बृषेशचन्द्र लालले जानकारी दिए ।उनले स्थानीय तहको संख्या समेत निर्धारण नगरी सरकार निर्वाचनमा गएकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । मोर्चाले अव बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मोर्चाले तराईका जिल्लाहरुमा आगामी २४ गतेसम्म भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको थियो ।मोर्चाले आफूहरुको माग अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न सरकारलाई निरन्तर दबाव दिँदै आएको छ ।

5030
Shares

ट्रेन्डिङ