सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सप्तरीमा घाइते थप एकको मृत्यु, मृतक सङ्ख्या चार

सप्तरीमा घाइते थप एकको मृत्यु, मृतक सङ्ख्या चार

3860
Shares
सप्तरीमा घाइते थप एकको मृत्यु, मृतक सङ्ख्या चार

दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका मधेसी मोर्चाका एक कार्यकर्ताको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदाहुँदै आज मृत्यु भएको छ ।
पेटमा गोली लागेर सो प्रतिष्ठानको आइसियुमा उपचार गराइरहेका सप्तरी मलेठ–२ का २२ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको मोर्चाले जनाएको छ । त्यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक करिडोरमा प्रहरी र मोर्चाबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो । मृतक महतोलगायत अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । १२ जनाभन्दा बढी घाइतेको धरानमा उपचार भइरहेको मोर्चाले जनाएको छ ।
नेकपा (एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको सो औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् । रासस

3860
Shares

ट्रेन्डिङ