सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

4310
Shares
जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् | बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको छ । दुर्घटनास्थलबाट ११ जनाको शव निकालिएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए ।
शाहका अनुसार बस दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।
घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन भइरहेको छ । जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ ।
बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए ।
घटनामा धेरैजना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले जानकारी दिए ।अनलाइनखबर

4310
Shares

ट्रेन्डिङ