सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • राप्रपाद्वारा आयोगलाई ज्ञापनपत्र

राप्रपाद्वारा आयोगलाई ज्ञापनपत्र

3765
Shares
राप्रपाद्वारा आयोगलाई ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानबाट हिन्दूराष्ट्र र राजतन्त्रसम्बन्धि प्रावधान हटाउन निर्वाचन आयोगले यही चैत २ गते गरेको निर्णय पुनःविचार गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।
पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधिमण्डलले आयोगमा ज्ञापनपत्र बुझाएको हो । पार्टीले सो पत्र बुझाएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पशुपतिशम्शेर राणाले संविधानद्वारा प्रदत्त राजनीतिक स्वतन्त्रताअनुसार दल खोल्ने तथा वैचारिक अभिव्यक्तिको स्वतन्त्रता रहेकाले कुनै पनि विचारलाई निषेध गर्न नपाइने विचार व्यक्त गर्नुभयो ।
उहाँले आयोगले गरेको सो निर्णयले निर्वाचनको वातावरण विग्रन सक्ने सङ्केत गर्दै पार्टी निर्वाचनको वातावरण बनाउनका लागि सरकारमा गएको भए पनि निर्वाचन हुने सम्भावना नभए सरकारबाट बाहिरिने बताउनुभयो । रासस

3765
Shares

ट्रेन्डिङ