सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गैंडाकोट नगरपालिकाको मेयरमा गोकुल सापकोटा उम्मेदवारी

गैंडाकोट नगरपालिकाको मेयरमा गोकुल सापकोटा उम्मेदवारी

4760
Shares
गैंडाकोट नगरपालिकाको मेयरमा  गोकुल सापकोटा उम्मेदवारी

नारायण खड्का । मिथुकरम ३ नवलपरासी
नेपाली कांग्रेस भित्र पनि पुस्ता हस्तान्तरण हुन्छ र आजको पुस्ता राष्ट« हाक्न सक्षम छ है भन्ने कुराको उदाहरण दिने बेला आएको छ ।
नवलपरासी काँग्रेसका एक युवा हस्ती प्रखर वक्ता तथा लगातार २० वर्ष देखि नेपाली कांग्रेसको विभिन्न तहको कार्यभार कुसलता पुर्वक सम्हाल्दै आएका एक कुसल, मिलनसार ,निष्टावन , कर्तब्यनिस्ट र निस्वार्थ भावमा समाजसेवामा निरन्तर लागेका सम्पूर्ण युवाको ढुकढुकी गोकुल सापकोटालाई आउँदै गरेको स्थानिय चुनाबमा गैंडाकोट नगरपालिकाको नेपाली काँग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिने नेता सापकोटाले बताएका छन् ।
साथमा उनले अबको शक्ति युवाहरुमा हुनुपर्नेमा समेत जोड दिएका छन् । नेता सापकोटाले गैंडाकोटमा नेपाली कांग्रेसलाई विजयी गराई आफ्नो भोटको सही सदुपयोग र अबको शक्ति युवा पुस्ता हस्तान्तरण गर्नको सहयोग गर्न आव्हान गर्नुभयो ।
को हुन् गोकुल सापकोटा
राष्टियता,लोकतन्त्र,समाजसेवा र विधार्थी एकताको मूल मर्मलाई आत्मसाथ गर्दै आधिकारिक रुपमा २०५४ सालमा नेपाली कांग्रेसको नेविसंघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका गोकुल सापकोटा २०५७ सालमा चितवनकॊ वालकुमारी कलेजमा नेविसंघ इकाई सदस्य रहदै नेविसंघ नवलपरासी वालकुमारी सम्पर्क समितिको संयोजक बन्नु भएका , २०५९ सालमा स्ववियु चुनाव लड्दै २०६३ सालमा विरेन्द्र कलेज बाट स्ववियु सभापति लड़नु भएको थियो ।
गोकुल सापकोटा २०६२ सालमा गैंडाकोट नेविसंघको सभापति रहदै २०६३ मै नेविसंघ नवलपरासीको जिल्ला उपाध्यक्ष तथा संयोजकको समेत भूमिका निभाउनु भएका एक कर्मठ , मिहेनती र सदैव बिद्यार्थी को अधिकारको लागि लड्ने समाजसेवी ब्यक्ति , नेपाली कांग्रेसको पछिल्लो महाधिवेसनमा गैंडाकोट नगरपालिकामा सबैभन्दा धेरै मतको साथमा नगर कमिटि सदस्य जित्नु भएको थियो ।
गैंडाकोट नेपाली कांग्रेसको पुर्व सल्लाहकार समेत रहनु भएका नेविसंघ पुर्व केन्द्रीय सदस्य गोकुल सापकोटा ने.का. ह्त्रिय प्रतिनिधि हुन् भने पाटी संघियतामा गैसकेपछि नेपाल भरिमै पहिलो प्रदेस न ४ बाट प्रादेशिक कार्यक्रमको सुरुवात गर्ने युवा हुन् ।
बाबुराम भटराई प्रधानमन्त्री रहेको बेला संसद विगठन गर्नु हुदैन भन्दै गैंडाकोटमा रिले अनसनको सुरुवात गरेका ब्यक्ति गैंडाकोट जेसिस बर्ष २०१६ को महासचिव तथा वर्ष २०१७ को board director हुन् , लगायतका विभिन्न संघसस्था हरुमा आबद्द रहदै पाटीका हरेक कार्यक्रममा सहभागी रहने एक प्रखर वक्ता हुन् संगै नवलपरासी को पहाडी क्षेत्रमा पछिल्लो समयमा नेविसंघका कार्यक्रमहरु लियर दौदधुब गर्ने पहिलो ब्यक्ति हुन् गोकुल सापकोटा ।

4760
Shares

ट्रेन्डिङ