सबैको समाचार
आइतवार, जेष्ठ ५, २०८२
  • होमपेज
  • प्रतिबन्धित जडिबुटी बरामद

प्रतिबन्धित जडिबुटी बरामद

5320
Shares
प्रतिबन्धित जडिबुटी बरामद

बाँकेको मानपुरस्थित एक पुरानो मिलबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ ।
प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले प्राप्त सूचनाका आधारमा अवैध रुपमा लुकाई राखेको अवस्थामा आज एक हजार ७२१ किलो सो प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।
सो जडीबुटी लुकाई राखेको स्थानको रेखदेख गर्दै आएका असरफअलि जसगढलाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यति ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी झ्याउ कहाँबाट आयो र यसमा कसको मिलोमतो छ भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । रासस

5320
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका