सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • सहकारी बचत ठगीसम्बन्धि संसदीय छानबिन समितिको बैठक जारी

सहकारी बचत ठगीसम्बन्धि संसदीय छानबिन समितिको बैठक जारी

200
Shares
सहकारी बचत ठगीसम्बन्धि संसदीय छानबिन समितिको बैठक जारी

काठमाडौं :- सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।

समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

200
Shares

ट्रेन्डिङ