सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

80
Shares
रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ ।

रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या २५ पुगेको छ ।

उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई र रुसी सरकारले नेपाली दूतावासलाई जानकारी दिएको हो ।

यस्तै युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछानेको अवस्था अझै थाहा हुन नसकेको हो । 

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । 

80
Shares

ट्रेन्डिङ