सबैको समाचार
बुधबार, माघ ३०, २०८१
  • होमपेज
  • निर्वाचन विरोधी गतिविधि गर्ने २३ जना नियन्त्रित

निर्वाचन विरोधी गतिविधि गर्ने २३ जना नियन्त्रित

3015
Shares
निर्वाचन विरोधी गतिविधि गर्ने २३ जना नियन्त्रित

नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचन विथोल्ने अभिव्यक्ति दिएलगत्तै प्रहरीले सभामा सहभागी हुन आएकालाई तितरवितर पारेको थियो ।
सभा बिथोल्ने क्रममा पार्टी भरतपुर महानगरपालिका–२५ का एरिया सेक्रेटरी कृष्णप्रसाद पौडेल घाइते हुनुभएको छ । पार्टीले ठाउँ ठाउँमा टायर बाल्न थालेपछि रिजालचोकबाट सात, त्रिचोकबाट नौ, चौविसकोठीबाट चार तथा हाकिमचोक र विमानस्थलका बीचबाट तीन जना जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइने उहाँले बताउनुभयो । प्रहरीले भरतपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा परेको छ । रासस

3015
Shares

ट्रेन्डिङ