सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • एनसेलले पायो फोरजी अनुमति

एनसेलले पायो फोरजी अनुमति

5380
Shares
एनसेलले पायो फोरजी अनुमति

काठमाडौं, वैशाख २२ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ।
अघिल्लो साता संसदको विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई एनसेलको फोरजी सेवा स्वीकृत गर्न निर्देशन दिएको थियो। सार्वजनिक लेखा समितिले भने पुँजीगत लाभकर सबै नउठेको भन्दै फोरजी सेवा रोक्न निर्देशन दिएको थियो।
-नागरिक दैनिक

5380
Shares

ट्रेन्डिङ