सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • अनलाइन गेम खेलाएको आरोपमा काभ्रेका १ जना सहित ३ जना पक्राउ

अनलाइन गेम खेलाएको आरोपमा काभ्रेका १ जना सहित ३ जना पक्राउ

1805
Shares
अनलाइन गेम खेलाएको आरोपमा काभ्रेका १ जना सहित ३ जना पक्राउ

काठमाडौं | अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट काभ्रेका १ जना सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।

उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् ।

उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

1805
Shares

ट्रेन्डिङ