सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा दुई हजार ४१५ जना उम्मेदवार

काभ्रेमा दुई हजार ४१५ जना उम्मेदवार

4010
Shares
काभ्रेमा दुई हजार ४१५ जना उम्मेदवार

बनेपा, २० वैशाख । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल दुई हजार ४१५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।
जिल्लाको बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ८०, महिला सदस्यमा ५७, दलित महिला सदस्यमा ४२ र अन्य सदस्यमा १२४ गरी कुल ३२० जनाको मनोनयन दर्ता भएको छ ।पनौती नगरपालिकामा प्रमुखका लागि ११ जना, उपप्रमुखका लागि ६, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४४, दलित सदस्य ४० र अन्य सदस्य १०१ गरी कुल २६५ जनाले मनोनयन दर्ता गराएका छन् । पाँचखाल नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४६, दलित महिला ४२ र अन्य ८४ गरी कुल २५२ जनाले मनोनयन दर्ता गराएका छन् ।धुलिखेल नगरपालिकामा प्रमुखका लागि सात, उपप्रमुखका लागि ६ जनाले मनोनयन दर्ता गरेको मात्रै जानकारी आएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
मण्डनदेउपुर नगरपालिकामा प्रमुखका लागि १०, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५२, महिला सदस्य ४२, दलित महिला सदस्य ३५, अन्य ८६ जना गरी कुल २३१ जनाले मनोनयन दर्ता गराएका छन् ।नमोबुद्ध नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५५, महिला सदस्य ४१, दलित महिला सदस्य ३८, अन्य ८७ गरी कुल २३६ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, खानीखोला गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३४, महिला सदस्य २३, दलित महिला सदस्य १५, अन्य ५१ गरी कुल १३७ जनाले मनोनयन दर्ता गराएका छन् ।बेथानचोक गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा १९, महिला सदस्य १९, दलित महिला सदस्य १८, अन्य ३९ गरी कुल १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
भुम्लु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा चार, वडाध्यक्षमा ४३, महिला सदस्य ३१, दलित महिला सदस्य ३१, अन्य ६५ गरी कुल १८१ जनाले मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि ६, वडाध्यक्षका लागि ५६, महिला सदस्य ५१, दलित महिला ४१, अन्य १०२ गरी कुल २६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चौरी देउराली गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा ४२, महिला सदस्य ३०, दलित महिला २७, अन्य ६४ गरी कुल १७५ जनाले मनोनयन दर्ता गराएका छन् ।
महाभारत गाउँपालिकामा पनि अध्यक्षमा ६ र उपाध्यक्षमा चारको मनोनयन भएको बाहेक विस्तृत विवरण आएको छैन । त्यस्तै तेमाल गाउँपालिकाको पनि कुनै विवरण आएको छैन । निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले मनोनयनको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । जिल्लामा विभिन्न पदमा ७३३ जना निर्वाचित हुनेछन् । छ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा दुई लाख ३० हजार ८४९ मतदाता रहेका छन् । रासस

4010
Shares

ट्रेन्डिङ