सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा झण्डै चार हजार सुरक्षाकर्मी खटिने

काभ्रेमा झण्डै चार हजार सुरक्षाकर्मी खटिने

3810
Shares
काभ्रेमा झण्डै चार हजार सुरक्षाकर्मी खटिने

काभ्रे, २२ वैशाख । यहि बैशाख ३१ गते हुने स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि काभ्रे जिल्लामा साढे तीन हजार भन्दा बढी सुरक्षाकर्मीहरु खटिने भएका छन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको छ । स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १३ वटा स्थानीय तहमा झण्डै ३ हजार ७ सय भन्दा बढी सेना, प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी नविनराज राईले स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार एक सयको हाराहारीमा नेपाल प्रहरी र सोहिको संख्यामा म्यादी प्रहरी खटाईने बताए । डिएस्पी राईले केन्द्रीय नीति अनुसार सामान्य एउटा मतदान केन्द्रमा ३ जना नेपाल प्रहरी, दुई वटा मतदान केन्द्रमा ४ जना, संवेदनशिल मतदान केन्द्रमा ४ जना र अति संवेदनशिल मतदान केन्द्रमा ५ जना नेपाल प्रहरी खटाईने छ । यस्तै म्यादी प्रहरीलाई भने सामान्य मतदान केन्द्रमा ५, संवेदनशिल मतदान केन्द्रमा ६ र अति संवेदनशिल मतदान केन्द्रमा ७ जना म्यादी प्रहरी खटाईने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यसैगरि निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि जिल्लाभरका १३ स्थानीय तहमा ५ सय ६० जना शसस्त्र प्रहरी खटिनेछन् । शसस्त्र प्रहरीका डिएस्पी रवि केसीले अति संवेदनशिल गाउँपालिकामा ६० जनाका दरले, संवेदनशिल चार नगरपालिकामा प्रति नगरपालिका ६० जनाका दरले र तेमाल र भुम्लु गाउँपालिकामा ३५÷३५ जनाका दरले शसस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा शसस्त्र प्रहरीलाई खटाईने डिएस्पी केसीले बताए ।
त्यसैगरि केन्द्रीय नीति अनुसार सुरक्षाको तेस्रो घेरामा रहने गरि जिल्लाका १३ स्थानीय तहमा झण्डै एक हजार नेपाली सेना खटाईने भएको छ । धुलिखेलस्थित विष्णुदल गणका गणपति कर्णेल रामहरि केसीले डाँडापारीको खानीखोला, महाभारत, रोशी, तेमाल गाउँपालिकामा माइन्स कम्पनी, मण्डन देउपुरमा सेमो एफोबी नयाँ स्थापना गरिने, धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखालबाट प्लटुन लेवलको फौजबाट पेट्रोलिङ गरिने बताए । यी सबै तवरबाट नेपाली सेना खटाउँदा झण्डै एक हजारको संख्या पुग्नेछ । सबै निकायले निर्वाचनलाई शान्तिपूर्ण बनाउन पेट्रोलिङ गरिने जनाएका छन् ।
-मेचीकाली डट कम बाट साभार

3810
Shares

ट्रेन्डिङ