सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एसबीआई, सनराइज र प्राइम बैंकको नाफा २ अर्ब ८४ करोड : कसले कति कमाए

एसबीआई, सनराइज र प्राइम बैंकको नाफा २ अर्ब ८४ करोड : कसले कति कमाए

7265
Shares
एसबीआई, सनराइज र प्राइम बैंकको नाफा २ अर्ब ८४ करोड : कसले कति कमाए

काठमाडौं, वैशाख २२। चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीमा आइपुग्दा नेपालका ‘क’ बर्गका तीन प्रमुख बैंकहरुले कूल २ अर्ब ८४ करोड नाफा कमाएका छन् । चालु आवको चैत मसान्त सम्ममा नेपाल एसवीआई बैंक, सनराइज र प्राइम कर्मसियल बैंकले यो नाफा गरेका हुन् ।
यी तीन बैंक मध्ये यो अवधीमा सवै भन्दावढी नाफा नेपाल एसवीआई बैंकले गरेको छ । एसवीआइले चैत मसान्त सम्ममा एक अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको हो । गत आवको तुलनामा बैंकले आफ्नो नाफा वढाएको छ । गत आवको सोही अवधीमा बैंकले ९५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ब्याज आम्दानीमा भएको उल्लेख्य सुधारले गर्दा बैंकको नाफा वढेर गएको हो ।
बैंकले चालु आवको चैत सम्म २ अर्ब १९ करोड ९१ लाख ६९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको यो अवधीमा बैंकले एक अर्ब ७३ करोड ९२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, अर्को बैंक प्राइम कमर्सियलले ८८ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको चैत सम्ममा बैंकले ७० करोड ९५ लाख १३ हजार रुपैयाँ नाफा गरेको थियो । यो अवधमिा बैंकले एक अर्ब ३१ करोड ५५ लाख ४६ हजार ब्याज आम्दानी गरेको छ भने अघिल्लो आवको यो अवधीमा ब्याज आमदानी एक अर्ब ११ करोड ५४ लाख ६७ हजार रुपैयाँ थियो ।
यस्तै, सनराइज बैंकले पनि चालु आवको तेस्रो त्रैमासिक अवधीमा ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको यो अवधीमा ५८ करोड ८१ लाख ७१ हजार नाफा कमाएको यो बैंकले ब्याज आम्दानीमा भएको उल्लेख वृद्धिले नाफा समेत वढाएको छ । बैंकले यो अवधीमा एक अर्ब ६१ करोड ३९ लाख ९ हजार ब्याज आम्दानी गरेको छ भने अघिल्लो आवको चैतसम्म ब्याज आम्दानी एक अर्ब २ करोड ५ लाख ४७ हजार रुपैयाँ थियो ।

7265
Shares

ट्रेन्डिङ