सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पुष्टी हुन बाँकी, प्रहरी भन्छः बुझ्ने काम भइरहेको छ

पुष्टी हुन बाँकी, प्रहरी भन्छः बुझ्ने काम भइरहेको छ

3370
Shares
पुष्टी हुन बाँकी, प्रहरी भन्छः बुझ्ने काम भइरहेको छ

धरान, २४ वैशाख । भारतीय नागरिकहरुले मोटरसाइकलमा धरानबाट एक बालिकालाई अपहरण भएको खबर सनसनी रुपमा फैलिएको छ । तर, सत्य के हो भन्ने बारेमा प्रहरीले पनि ‘भेरिफाई’ गर्ने प्रयास गरिरहेको छ । धरानको कुन ठाउँबाट कसरी, कस्को बच्चा उठायो भन्ने बारेमा बुझिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
‘को हो, के हो, कहाँबाट अपहरण भयो भन्ने बारे भेरिभाई गर्ने काम भइरहेको छ ।’ उनले फोनमा भने, ‘बुझ्ने काम भइरहेको छ ।’
अहिले प्रहरीले भारतीय नम्बर प्लेटका सबैजसो गाडीहरुलाई चेकजाँच गर्ने तयारी गरिरहेको छ । चकलेट दिएर बालिका अपहरण गरिएको भन्ने सुन्नमा आएको डिएसपी खतिवडाले बताएका छन् ।

3370
Shares

ट्रेन्डिङ