सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सबै मतदानस्थल प्रहरी सुरक्षा घेराभित्र, कसरी खटिँदै छन् प्रहरी र सेना ?

सबै मतदानस्थल प्रहरी सुरक्षा घेराभित्र, कसरी खटिँदै छन् प्रहरी र सेना ?

6160
Shares
सबै मतदानस्थल प्रहरी सुरक्षा घेराभित्र, कसरी खटिँदै छन् प्रहरी र सेना ?

काठमाडाैं, ३० वैशाख । गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षाकर्मीले मतदानस्थल र केन्द्रआसपासको बाटोसमेत आफ्नो घेराभित्र लिइसकेको उनको भनाइ छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन मतदानस्थल, मतपेटिका र मतपत्र सबै सुरक्षाकर्मीको निगरानी र नियन्त्रणमा रहेको उनले बताए । मतदानस्थलमा तीनवटै सुरक्षा निकाय तथा म्यादी प्रहरी खटिएका छन् । उपत्यकाबाहिर केही जिल्लामा सुरक्षा चुनौती रहेकाले निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रवक्ता पन्थीले बताए । ‘मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्न सुरक्षाकर्मीलाई अधिकार दिइएको छ,’ उनले भने ।
कसरी खटिँदै छन् प्रहरी र सेना ?
मतदानस्थलमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने भएका छन् । सरकारले तोकेबमोजिमको दूरीमा नेपाली सेना र नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थाका लागि खटाइएको गृह मन्त्रालयले जनाएको छ । एउटा मतदानस्थलमा १५ देखि २० जनाको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । तीनवटा प्रदेशका लागि करिब ८० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

6160
Shares

ट्रेन्डिङ