सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा एमाले र पाँचखालमा माओवादी अगाडि

काभ्रेको बनेपामा एमाले र पाँचखालमा माओवादी अगाडि

5100
Shares
काभ्रेको बनेपामा एमाले र पाँचखालमा माओवादी अगाडि

काभ्रे । काभ्रेको नेपामा मतगणना सुरु भएदेखि नै एमालेले अग्रता कायम राखेको छ । पछिल्लो परिणामअनुसार मेयर पदमा एमाले उम्मेदवार लक्ष्मीनरसिंह वादेले अग्रता लिइरहेका छन् । वादेले १७५ मत पाएका छन् भने कांग्रेसका राम जोशीको १ सय ५१ मत छ । माओवादीका भोला अर्यालको ३३ मत छ । उपमेयरमा एमालेकी रेखा सापकोटा दाहालको १ सय ७४, कांग्रेसकी सुशीला शुद्धकारको १ सय ४९ र माओवादीकी रुपा बिष्टको ४३ मत छ

पाँचखाल नगरपालिकामा माओवादीका आइतसिंह तामाङ अगाडि छन् । तामाङले १ सय १७ मत पाएका छन् । एमालेका रुद्र बानियाँ ८२ र कांग्रेसका महेश खरेलको ५९ मत छ । उपमेयरमा माओवादीकी रक्मिणी बराइली १०७ मतसहित अग्रस्थानमा छिन् । एमालेकी भक्तकुमारी लामाको ९५ र कांग्रेसकी लक्ष्मी दनुवारको ५० मत छ ।

5100
Shares

ट्रेन्डिङ