सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मकवानपुरमा मत गणना ब्यवस्थित र छिटो हुन सकेन

मकवानपुरमा मत गणना ब्यवस्थित र छिटो हुन सकेन

4395
Shares
मकवानपुरमा मत गणना ब्यवस्थित र छिटो हुन सकेन

मकवानपुर, जेठ १। मूख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मतगणनालाई व्यवस्थित र छिटो छरितो गर्न सकेको छैन । अघिल्ला निर्वाचनमा जस्तो छिटो र व्यवस्थित मतदान हुन नसकेकोमा दलका कार्यकर्ताहरु रुष्ट देखिएका छन् । अघिल्ला निर्वाचनहरुमा मकवानपुर बहुमुखी क्याम्पसको हलहरुमा मतगणना हुने गरेको थियो ।
यसपटक जिल्ला समन्वय समितिको एउटा हलमा मतगणना भइरहेको छ । हालसम्म १ नम्बर वडाको मत समेत गन्न भ्याइएको छैन । निर्वाचनमा यसअघि पनि गणना र पर्यवेक्षणमा खटिएकाहरुका अनुसार, यस्तो धिमा तालले मत गणना हुँदा सबैले दुख पाउनेछन् । अनावश्यक समय खर्च भइरहेको छ भने परिणाम पनि ढिलो आउने निश्चित छ । यस्तै तालले मतगणना भए हेटौंडा उपमहानगरपालिकाभित्रैको परिणाम आउन सात दिनजति लाग्ने देखिएको छ । मूख्य निर्वाचन अधिकृतसँग यस बिषयमा प्रतिक्रिया माग्न खोज्दा उनी सँग सम्पर्क भएन ।

4395
Shares

ट्रेन्डिङ