सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेलम्ची– ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

मेलम्ची– ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

4440
Shares
मेलम्ची– ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

मेलम्ची, २ जेठ । पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सोही नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गर्नुभयो । सो नगरपालिकाको वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गर्नुभयो ।
यस्तै सो नगरपालिकाको वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गर्नुभएको छ । मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गर्नुभएको छ । यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, काँग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा (माओवादी केन्द्र)की मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गर्नुभएको छ । रासस

4440
Shares

ट्रेन्डिङ