सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अजिंगरलाई झुम्का बनाएर लगाउने युवती

अजिंगरलाई झुम्का बनाएर लगाउने युवती

4465
Shares
अजिंगरलाई झुम्का बनाएर लगाउने युवती

एउटा भनाई छ- कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी । अर्थात् कुण्ड अनुसारको पानीको स्वाद फरक भए जस्तै मानिस पिच्छे उसको सौख र बुद्धी पनि फरक हुन्छ । समाचारमा जनाइए अुनसार अमेरिकास्थित ओरेगनकी एक युवतीको सौख अनौठो प्रकारको रहेका छ । ऐशली ग्लाई नामकी यी युवतीले आफ्नो घरमा अजिंगर पालेकी छिन् ।
अचम्मको कुरा के छ भने, ऐशलीले अजिंगरलाई आफ्नो बच्चालाई जस्तै माया र हेरबिचार गर्छिन् । अनि फुर्सदको समयमा उनी सोही अजिंगरसँग खेल्ने गर्छिन् । एक दिन अजिंगरसँग खेल्ने क्रममा उनले उक्त अजिंगरलाई आफ्नो कानमा झुम्का लगाउने प्वालमा छिराईन् । तर प्वालबाट छिराएको अजिंगर निकाल्ने क्रममा अजिंगर प्वालमा नै अड्कियो । परेन फसाद । उनलाई तुरुन्तै अस्पताल पुर्याइयो ।
अझै अचम्मको कुरा त के भने, अस्पतालका डाक्टरले यी युवतीको कानको प्वालमा फसेको सर्पलाई निकाल्नका लागि इमर्जेन्सीमा जना सल्लाह दिए । तर ती युवतीले इमर्जेन्सीमा जानु अगाडी सेल्फी खिचिन् । अनि उक्त सेल्फीलाई तुरुन्तै फेसबुकमा सेयर पनि गरिहालिन् ।
यस्तो आकस्मिक अवस्थामा पनि सेल्फी खिचेको र फेसबुकमा सेयर गरेको उनको फोटो केही क्षणमा नै भाईरल बन्यो । अहिले सम्म उनको यो तस्बिरलाई ३०,००० भन्दा बढिले शेयर गरिसकेका छन् भने लाईक, कमेन्ट गर्नेको पनि ओइरो लागेको छ । आफ्नो कानमा फसेको अजिंगर निकाल्नु भन्दा पहिले लिएको सेल्फी फेसबुकमा सेयर गर्नुपूर्व उनले लेखेकी थिईन्- यो मेरो जीवनको सबैभन्दा ठूलो पागलपना हो ।
-एजेन्सी

4465
Shares

ट्रेन्डिङ