सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बस दुर्घटना हुँदा २ को मृत्यू २५ घाइते

बस दुर्घटना हुँदा २ को मृत्यू २५ घाइते

3330
Shares
बस दुर्घटना हुँदा २ को मृत्यू २५ घाइते

जेठ ६, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालीका अन्गर्तगत पथलैया अमलेखगञ्ज बिचको आधाभार जंगलमा आज बिहान दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । बिहान ५ः१५ बजेको समयमा भएको दुर्घटनामा परि धनुषा जिल्ला सिर्सिया ३ बस्ने अन्दाजि ३० बर्षिय गर्भवति महिला र महोत्तरी रतौली ६ बस्ने अन्दाजि ४५ बर्षिय बल्ला यादवको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाण्डौबाट जनकपुर तर्फ आउदै गरेको ना ७ ख १६४१ नम्बरको रात्रिबस अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा पनि २५ जना घाईते भएकोमा ६ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईते मध्ये गम्भिर ६ जनाको बिरगञ्ज हेल्थ केयर्मा उपचार भैरहेको छ भने बाकि घाईतेको सिमरास्थित तराई सिमरा अस्पतालमा उपचार भैरहेको छ । बसमा ३६ जना सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालकको लापर्वाहिका कारण दुर्घटना भएको चालक ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।

3330
Shares

ट्रेन्डिङ