सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बालवालिकाको लागि स्वास्थ्य परीक्षण नेपालगन्जमा

बालवालिकाको लागि स्वास्थ्य परीक्षण नेपालगन्जमा

4565
Shares
बालवालिकाको लागि स्वास्थ्य परीक्षण नेपालगन्जमा

नेपालगन्ज, ७ जेठ । बालवालिकाहरुको लागि स्वास्थ्य परिक्षण कार्यक्रम आज नेपालगन्जमा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लव, सुआहारा कार्यक्रमको सयुक्त आयोजनामा बालवालिकाहरुकमा लागि स्वास्थ्य परिक्षण कार्यक्रम नेपालगन्जमा गरिएको हो । पोषण सप्ताह कार्यक्रम अन्तरगत बाँकेमा पनि जेठ १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खडकाले जानकारी दिनुभयो । सप्ताह व्यापी कार्यक्रम गरेर पोषण सप्ताह मनाएको प्रमुख खड्काले बताउनुभयो ।
सप्ताह व्यापी कार्यक्रमको अन्तिम दिन नेपालगन्जको नेपाल राष्ट्रिय प्रथामिक विद्यालयका वालवालिकाहरुको स्वास्थ्य परिक्षण गरि सप्ताह व्यापी कार्यक्रमको समापन गरिएको जनस्वास्थ्य प्रमुख खड्काले बताउनुभयो । बालवालिकाहरुलाई सिकाईकै क्रममा विभिन्न किसिमको समस्या रहेको कारण विद्यालय स्तरदेखी नै स्वास्थ्य परिक्षणको वानी बसान्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
बालवालिकाकै उमेरमा विभिन्न समस्या देखा पर्ने गरेको कारण उनिहरुको सिकाईमा पनि समस्या ल्याउने गरेको उहाँले बताउनुभयो । बालवालिकाहरुको सिकाईमा प्रभाव पर्न नदिन बाँकेको विभिन्न विद्यालय तथा गाविसलाई लक्षित गरि सुआहाराले काम गर्दै आएको सआहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो । बालवालिकाका लागि स्वास्थ्य परिक्षण कार्यक्रममा विद्यालयका ६४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । नेपाल राष्ट्रिय प्रथामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनवारी लाल वैश्यको अध्यक्षतामा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालगन्जका डाइरेक्टर विरेन्द्र ठगुन्ना, सुआहाराका इन्द्र आउजी लगायतले बोल्नु भएको थियो । स्वास्थ्य परिक्षण नेपालगन्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ डाक्टर पियुस कनोडियाले गर्नुभएको थियो ।

4565
Shares

ट्रेन्डिङ