सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मिडियाप्रति करिश्माको दुखेसो

मिडियाप्रति करिश्माको दुखेसो

5560
Shares
मिडियाप्रति करिश्माको दुखेसो

नायिका करिश्मा मानन्धरले पछिल्लो समयमा मिडियामा आएका समाचारहरुको खण्डन गरेकी छिन् । पति विनोद मानन्धरसँग सम्बन्ध चिसिएको भन्दै समाचार बाहिरीएपछि उनले मिडियाप्रति दुखेसो पोखेकी छिन् । नयाँ शक्ति अभियानमा व्यस्त भइरहेका बेला दाङमा उनले विनोद मानन्धरलाई श्रीमानमात्र नभएर साथी पनि भएको अभिव्यक्ति दिएको दाबी गरेकी छिन् ।
तर, समाचार आफुले बोलेको भन्दा बिल्कुलै फरक रुपमा आएको भन्दै करिश्माले आपत्ती जनाएकी हुन् । स्थानीय निकाय निर्वाचनमा काठमाण्डौँबाट मतदान गर्न नपाएपछि उनले पति विनोद मानन्धरको कमजोरी औँल्याउँदै फेसबुकमा स्टाटस लेखेकी थिइन् । पति विनोद मानन्धरलाई मतदाता सूचीमा आफ्नो नाम राख्नका लागि आग्रह गरेको भएपनि बेवास्ता भएको उनको गुनासो थियो । यो गुनासो उनले फेसबुकमा पोख्नेबित्तीकै यसको व्यापक चर्चा भयो । चर्चा मात्र भएन करिश्मा र विनोदको सम्बन्ध चिसिएको आँकलनसहितका समाचार सामाजिक सञ्जालमा भाइरल भयो ।
यो स्टाटसपछि विनोद मानन्धरको बेलायतमा लिइएको एक अन्र्तवार्ताले उस्तै चर्चा बटुल्यो । यो अन्र्तवार्ता पछि उनीहरुको सम्बन्ध बिग्रीएकै हो भन्ने भ्रम फैलियो । तर, विनोद मानन्धरको उक्त अन्र्तवार्ता धेरै पहिला रेकर्ड गरिएको उनले स्पष्ट गरेकी छिन् । ‘विनोदले घरकी मुर्गी दाल बराबर’ भन्नु गलत नरहेको भन्दै उनले पति पत्नी जति नै सुन्दर भएपनि सामान्य लाग्नु स्वभाविक रहेको बताइन् । आफुहरुको सम्बन्ध सुमधुर रहेको र विनोदले आफुलाई बालबच्चालाई जस्तो ख्याल गर्ने गरेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा आफुले दिएको अभिव्यक्ति नयाँ शक्ति पार्टीसँग रेकर्ड रहेको भन्दै उनले गलत ढंगले समाचार सम्प्रेषण भएकोप्रति आश्चार्य प्रकट गरेकी छिन् । गज्जको अनलाइनसँग कुराकानी गर्दै करिश्माले भनिन्, “समाचार फरक ढंगले प्रकाशन भएपछि अमेरिकामा रहेकी छोरीले समेत फोन गरेर के भएको हो ? भन्दै फोन गर्दा आफुलाई नमिठो लागेको छ ।” आफुहरुको सम्बन्धबारे नकारात्मक प्रचार भइरहेकोप्रति आपत्ती जनाउँदै उनले राजधानी फर्किएपछि आवश्यक परे पत्रकार सम्मेलन नै गर्ने आशय व्यक्त गरेकी छिन् ।

5560
Shares

ट्रेन्डिङ