सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

सारुख खानको मृत्यु

3970
Shares
सारुख खानको मृत्यु

जेठ १८ – यूरोपको च्यानलले ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर राखेर सबैलाई अचम्मित बनाइदिएको छ । यद्यपी, उक्त खबर झुटो साबित भयो ।यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिङ न्यूजमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको छ । उनीलगायत अन्य सातजना एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस जाने क्रममा दुर्घटना भएको बताएको छ । दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ ।
मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए । रिपोर्टका अनुसार शाहरुखको मृत्युको खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन । त्यतिबेला उक्त खबर मुम्बईको आला अफिसरको ह्वाट्सएप ग्रुपमा पनि सार्वजनिक भएको थियो । स्मरण रहोस्, मंगलबार शाहरुख खान आफ्नो अपकमिङ फिल्मको सेटमा भएको एक दुर्घटनाबाट बचेका थिए । दुर्घटनामा अन्य सदस्य घाइते भएका थिए ।
-एजेन्सी

3970
Shares

ट्रेन्डिङ