सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अठारहजारभन्दा बढी मतदाता थपिए

अठारहजारभन्दा बढी मतदाता थपिए

3515
Shares
अठारहजारभन्दा बढी मतदाता थपिए

वालिङ (स्याङ्जा), ६ भदौ । निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् ।

प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा सबैभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा चार हजार ५४७ छन् भने सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ७१२ जनाले फोटोसहितको नामावली संकलनमा नाम लेखाएका हुन् ।

त्यसैगरी, वालिङ नगरपालिकामा तीन हजार ४८३, गल्याङ नगरपालिकामा दुई हजार ४०१, चापाकोट नगरपालिकामा एक हजार ५५२, कालीगण्डकी गाउँपालिकामा एक हजार ३५५, भिरकोट नगरपालिकामा एक हजार ३१८, फेदीखोला गाउँपालिकामा ९८५, हरिनास गाउँपालिकामा ८०१, बिरुवा गाउँपालिकामा ७७८, अर्जुनचौपारी गाउँपालिकामा ७४४ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

3515
Shares

ट्रेन्डिङ