सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती

बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती

9470
Shares
बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती

धुलिखेल, १ कात्तिक : काभ्रेका पुष्प बयवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती सुरु गरेका छन् । छिमेकी मुलुकबाट फुल आयात हुने र स्वादेशी फुल बिक्री नहुने परिस्थिति सिर्जना भएको भन्दै काभ्रेका ब्यवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती गरेका हुन् ।

गएराति काभ्रेका ब्यवसायीहरुले साँगा, काभ्रेभञ्याङ र धुलिखेलको अस्पताल चोकमा अनुमनका साथै गस्ती गरेको फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका उपाध्यक्ष भेष बहादुर दनुवारले जानकारी दिनुभयो । थानकोट नाका हुदँै छिमेकि मुलुकबाट आयात गरिएको ४० हजार माला पशुपति क्षेत्रबाट जफत गरी गोदावरी पुष्प विकास केन्द्र नजिक नष्ट गरिएको भोली पल्टै काभ्रेका ब्यवसायीहरुले बीपी राजमार्गमा समेत अनुगमन र गस्ती गरेका हुन् ।

रातको समयमा छिमेकी मुलुकबाट फुल आयात हुन सक्ने भएकाले अनुगमन र गस्ती गरिएको फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठ बताउनुभयो । अनुगमनका क्रममा छिमेकी मुलुकबाट आयात गरिएको फुल फेला नपरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सुरक्षा कर्मीको सहयोग र कृषि ज्ञान केन्द्रको समयन्वयमा काभ्रेली पुष्प ब्यवसायीहरुले राजमार्ग केन्द्रित अनुगमन र गस्ती सुरु गरेका हुन् ।

अनुगमनका क्रममा छिमेकी मुलुकबाट फुल आयात गरेको पाइए तत्काल नियन्त्रणमा लिने र नष्ट गरिने फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखा काभ्रेका सल्लाहकार भोजराज तिमिल्सिनाले बताउनुभयो । राजमार्गको विभिन्न ठाउँमा ६ जना पुष्प ब्यवसायीले छड्के अनुगमन गरेको उपाध्यक्ष दनुवारले जानकारी दिनुभयो ।

कोरोना भाइसरको संक्रमण सँगै जिल्लामा पुष्प ब्यवसायी नराम्रोसँग थला परेको छ । देशभित्रै उत्पादन भएका फुल कुहाउनु पर्ने र छिमेकी मुलुकबाट आयात गरेर नेपालीको घर सिँगार्ने परिपाटको अन्त्य गर्न अनुगमन थालिएको ब्यवसायीहरुले बताएका छन् । लकडाउन सुरु भएयता मात्रै काभ्रेली पुष्प ब्यवसायीहरुले ४ करोड गुमाएका छन् । जिल्लामा २६ जना पुष्प ब्यवसाय छन् ।

9470
Shares

ट्रेन्डिङ