सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिंहको किल्लामा धावा बोल्दै मिश्र र शर्मा

सिंहको किल्लामा धावा बोल्दै मिश्र र शर्मा

2615
Shares
सिंहको किल्लामा धावा बोल्दै मिश्र र शर्मा

काठमाडौं, मङ्सिर ४ । निर्वाचन नजिकिदै गर्दा काठमाडौं क्षेत्र नम्बर १ सबैको चर्चा र चासो विषय बन्दै गएको छ । यस अघि दुइटै संविधानसभा निर्वाचन कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो प्रतिद्धन्द्धीलाई भारी मतान्त्तरले पराजित गरे पनि यस पटक भने निकै प्रतिस्पर्धा देखिन्छ । बीवीसी नेपाली सेवा छोडेर विवेकशील साझा पार्टी खोलेका पत्रकार रविन्द्र मिश्र, सिंह, र बामगठबन्धनका उम्मेदवार अनिल शर्माबीच निकै रस्साकस्सी देखिन्छ ।

सिंह र शर्माले उम्मेदवारी घोषणा गर्नु अघि घरदैलो अभियान सुरु गरेका मिश्रले आफ्नो चुनावी अभियानलाई तिव्ररुपमा अघि बढाएका छन् । यसरी चुनावी सरगर्मी ह्वातै बढेपछि सिंह र शर्माले पनि घरदैलो अभियानलाई तिव्ररुपमा अघि बढाएका छन् । सिंह, शर्मा र मिश्रले कोणसभा, बैठक र घरदैलो अभियानमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

संविधानसभा निर्वाचनमा निर्वाचित गरेर पठाएपछि केही गर्न नसकेको भन्ने विपक्षीको आरोपमात्र भएको भन्दै नेता सिंहले यस क्षेत्रको विकास निर्माणलगायतका प्रशस्त काम गरेको दाबी गरे । ‘हाम्रो पार्टीको नेतृत्वमा संविधान जारी भयो, अब पनि हाम्रो पार्टीले यहाँका जनताका विकास निर्माणका कार्यमा सक्रिय रहन्छु’ उनले भने, ‘कांग्रेसको किल्ला यहांका जनताले भत्काउंँदैनन, मेरो जित सुनिश्चित छ, ढल, सडक निर्माणमा सक्रिय छु ।’

विकास निर्माण नै गरेन भन्ने कुरा विपक्षीको आरोप भएको उनले बताए । आफूले यस क्षेत्रका जनताको व्यक्तिगत र सामाजिक समस्या समाधान गर्दै आएको उनले बताए । ‘मैले सम्पर्क कार्यालय स्थपाना गरेर, केही न केही रुपमा यस क्षेत्रका जनताको समस्या समाधान गर्दै आएको छु’ उनले भने, ‘महिला, बृद्धबुद्धा, युवाका लागि काम गरेको छु, केही कमजोरी भएका होलान ति सच्याएर अघि बढ्छु ।’

सांसद विकास कोष र निर्वाचन क्षेत्र कार्यक्रममार्फत मात्र नभएर उनले विभिन्न संघ संस्था र राजदूतावासबाट विकासको लागि लगानी जुटाएको बताए । अब पनि यस क्षेत्रको विकासको लागि अहोरात्र खटिने भन्दै उनले भर्खर जन्मेका पार्टीले केही पनि गर्न नसक्ने बताए । अरु क्षेत्र जस्तो नभएको दाबी गर्दै उनले भोट हाल्दा यस क्षेत्रका मतदाताले निकै विवेक पुर्‍याउने बताए ।

साझा विवेशील पार्टीेका उम्मेदवार मिश्रले मतदाताले आफ्नो एजेण्डालाई मन पराएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । लोकतन्त्र आएको २५ वर्षपछि पनि मुलुक शान्ति, स्थिरता र विकासको बाटोमा हिड्न नसकेकाले यी सबै कुराको अभाव पुरा गर्न आफ्नो उम्मेदवारी भएको उनले बताए । ‘भोट दिनेले सधैं दु:ख पाइरहने र भोट पाउने सुख पाइरहने पुन: उही व्यक्ति निर्वाचित हुने प्रवृत्तिको अन्त्य हुनपर्छ’ उनले भने, ‘अस्थिरता, भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो, हाम्रो पार्टीका उम्मेदवारहरुलाई मतदाताले भोट दिन्छन्, हामी जित्छौं ।’

पहिले विकल्प नभएकाले जनताले सधै उही उम्मेदवारलाई मत दिएको दाबी गर्दै उनले अब विवेकशील साझा विकल्प भएको बताए । ‘हाम्रो’ होइन ‘राम्रो’ चुन्न उनले मतदातासंग आग्रह गरे । ‘‘राम्रो ले हार्दा एक जना व्यक्तिमात्र हार्दैन, ऊसँगसँगै आम जनताका सपना पनि भत्किन्छन्’ उनले भने, ‘राम्रो पराजित हुंदा हाम्रा बुढा आमाबुवा, छोराछोरी सबैले हाछौर्,ं किनभने गाउँठाउँ, नगर र महानगरसँग हरेकको जीवन राम्रा संग गाँसिएको हुन्छ ।’

बाम गठबन्धनका उम्मेदवार अनिल शर्माले गणतन्त्र र संविधानसभालगायतका प्रगतीशील एजेण्डा आफ्नो पार्टीको भएको भन्दै त्यसको स्थायीत्वका लागि पनि मतदाताले आफूलाई मत दिने दाबी गरे । फोहोर तथा ढल व्यवस्थापन, हरियाली प्रवद्र्धन, प्रदुषण नियन्त्रण, ढलमुक्त विष्ण, रुद्रमती, इच्छुमती नदी आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको उनले बताए ।

आफूले जिते प्रतिवद्धतापत्रमा उल्लेख गरेका बुंदा कार्यान्वयनका लागि अहोरात्र खटिने उनले बताए । स्वास्थ्योपचार नागरिकको हक भएको भन्दै उनले टोल(टोलमा स्वास्थ्य परिक्षण, जेष्ठ अशक्त/अशक्त नागरिकका लागि स्वास्थ्य कार्यक्रम संचालन गर्ने बताए । त्यसका साथै, परोकार प्रशुती तथा स्त्री रोग र सिभिल अस्पतालमा उपचारको लागि विशेष सहुलियतको व्यवस्था गर्ने उनले दाबी गरे । बढदो यातायातलाई व्यस्थित र सर्वसुलभ बनाउन फ्लाईओभरको लागि पहल गर्ने भन्दै उनले बहुतले प्रशासनिक भवन निर्माण गर्ने बताए ।

महत्वपूर्ण सार्वजनिक स्थलमा फ्री वाईफाईलगायत युवाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिमको व्यवस्था गर्ने उनले बताए । आफूलाई बाहिरको उम्मेदवार भनिएकोप्रति लक्षित गर्दै उनले काठमाडौंको विकासका लागि आफू लागि पर्ने बताए । सुकुम्बासी व्यवस्थापनका लागि एकीकृत वस्ती निर्माण गर्ने भन्दै उनले बास्तविक सुकुम्वासीका वालबालिकालाई स्वास्थ, शिक्षामा सहुलियतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । शर्माले युवाहरुको चाहना आफूलाई जिताउने भएको दाबी गरे ।

काठमाडौं महानगरपालिका १०, ११, २९ र ३१ नम्बर वडा रहेको यो क्षेत्र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा तीनवटामा कांग्रेस र एउटा वडामा एमालेले वडाअध्यक्ष हात पारेको थियो । करिव ४० हजार भन्दा बढी मतदाता रहेको मुलुककै सबभन्दा बढी सुगम मानिने निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा २३ हजार ८ सय ३ मत खसेको थियो । बामगठबन्धनले १० हजार ९ सय ८८ मत र लोकतान्त्रिकले १० हजार ३ सय ८२ मत प्राप्त गरेको थियो । अन्य दलले २ हजार ४ सय ३३ मत प्राप्त गरेका थिए । लोकतान्त्रिकको भन्दा बामको मत ६ सय ७ ले बढी देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनको पाएको मतलाई विश्लेषण गर्ने हो भने, प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा बामको तुलनामा लोकतान्त्रिक बलियो देखिन्छ । यस क्षेत्रमा १०,११ र २९ क्षेत्र पर्दछन् । स्थानीय निर्वाचनमा तीनवटै वडामा कांग्रेस वडाअध्यक्ष विजयी भएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिकको तुलनामा बाम बलियो देखिन्छ । ३१ वडामात्र भएको प्रदेशसभातर्फको २ नम्बर क्षेत्रमा एमालेका वडाअध्यक्ष विजयी भएका थिए ।
-कान्तिपुर

2615
Shares

ट्रेन्डिङ