सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सार्वजनिक स्थलमा राखिएको निर्माण सामाग्री हटाउन पनौती नगरपालिकाको निर्देशन

सार्वजनिक स्थलमा राखिएको निर्माण सामाग्री हटाउन पनौती नगरपालिकाको निर्देशन

6330
Shares
सार्वजनिक स्थलमा राखिएको निर्माण सामाग्री हटाउन पनौती नगरपालिकाको निर्देशन

 

काभ्रेको पनौती नगरपालिकाले सार्वजनिक स्थलमा राखिएको निर्माण सामाग्री हटाउन निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै नगरपालिकाले सडकका दायाँबायाँ राखिएका विभिन्न निर्माण सामाग्री र घरायसी माल बस्तु नराख्न निर्देशन गरेको हो ।

सडकका दायाँबायाँ राखिएका विभिन्न निर्माण सामाग्रीले सर्वसाधारण र यातायातका साधनलाई ओहोरदोहोरमा समस्या भएको पालिकाले जनाएको छ ।

यस्ता सामाग्री तुरुन्त हटाउन र अटेर गरे उक्त सामाग्री जफत गर्ने,दण्ड जरिवाना गर्ने चेतावनी दिएको छ ।

6330
Shares

ट्रेन्डिङ