सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेलको सिममा एमालेको आगो

एनसेलको सिममा एमालेको आगो

4590
Shares
एनसेलको सिममा एमालेको आगो

३३ अर्व लाभकर नतिरेको मुद्दामा सांसद, सरकार, कर्मचारी सबै जिम्मेवार देखिए । सबैको मिलोमतो देखियो तर युवाहरुले त्यो लाभकर नतिरे एनसेलको सिम नचलाउने भनेर विरोध थालेपछि यो प्रकरणले देशै हल्लिन पुगेको छ ।
अनेरास्ववियु अगुवा बनेर माइतीघर मण्डलामा सिम आगो लगाइरहेको छ, एनसेल बहिष्कार गरों भन्ने नारा उछालिरहेको छ र एमालेले सिंगो पार्टि पंक्तिमा एनसेल बहिष्कार गर्ने बताएपछि एनसेलमा भुइचालो गएको छ । एनसेलका विदेशी हाकिमले एमालेको नेतृत्व पंक्तिलाई कुरो बुझाउने प्रयास गर्दै स्थानीय निर्वाचन खर्च दिने पेशकस थालेका छन् ।
नेपालमा नेकपा एमालेको विद्यार्थी संगठनहरुका नेता तथा कार्यकतारु एनसेल बहिष्कार कार्यक्रम नै चलाएका छन् । जसरी अहिले एमालेले चुनावका लागि मेची महाकाली अभियान चलाएको छ । यस अभियानलाई पनि त्यसरी नै अघि लैजाने एक विद्यार्थी नेताले बताए ।
उनका अनुसार एमाले सम्बद्ध जो कोहीले पनि एनसेलले सरकारलाई तिर्नु पर्ने ३३ अर्ब लाभकर नतिरेसम्म एनसेलले दिएको कुनै पनि सेवा सुविधाहरु उपयोग नगर्ने दावी गरेर र अन्य राष्ट्र प्रेमी दाजुभाई दिदीबहिनी, बुबाआमा, लगायत सम्पूर्णलाई आग्रह पनि गरेका छन् ।
एनसेलको सिम बहिष्कार गरे १० लाख एमाले कार्यकर्ताहरुले एनसेल चलाउन छाड्नेछैनने भन्ने गलत भ्रम एनसेल संचालकहरुको रहेको छ । त्यसैकारण एनसेल आत्तिएर सहयोग र कुरो बुझाउने प्याकेज लिएर हिडेको देखिदैछ । पैसा र शक्तिका लागि एमालेले एनसेल स्वीकार्ला कि बहिष्कार गर्ला ? सबैको दृष्टि त्यतै छ ।

4590
Shares

ट्रेन्डिङ