सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सगरमाथामा विश्व रेकर्डः पेम्बाको खारेज, लाक्पागेलुको कायम

सगरमाथामा विश्व रेकर्डः पेम्बाको खारेज, लाक्पागेलुको कायम

3515
Shares
सगरमाथामा विश्व रेकर्डः पेम्बाको खारेज, लाक्पागेलुको कायम

मंसिर १३,  काठमाडौं । सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार पेम्बा दोर्जी शेर्पाको दाबी झुटो ठहर गर्दै लाक्पा गेलुको विश्व रेकर्डलाई कायम गरेको हो ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३०, अनुसूची ११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन अनिवार्य प्रमाण पेस गर्नुपर्नेमा पेम्बाले सो समयमा सगरमाथा आरोहण गरेको कुनै पनि आधिकारिक प्रमाण पेस नगरेका कारण उनको विश्व रेकर्ड सर्वोच्चले खारेज गरेको हो ।

९ जेठ २०६० मा पेम्बादोर्जे शेर्पाले १२ घन्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । तर, तीन दिन नबित्दै लाक्पा गेलु शेर्पाले १० घन्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेर तत्कालै नयाँ कीर्तिमान बनाए । आजको राजधानीमा खबर छ ।

3515
Shares

ट्रेन्डिङ