सबैको समाचार
आइतवार, अशोज १८, २०८३

शुक्रबार सार्वजनिक बिदा

5380
Shares
शुक्रबार सार्वजनिक बिदा

मंसिर १४, काठमाडौं । सरकारले शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको हो।

त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिएको छ।

सूचनानुसार हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा मंसिर १५ गते तथा इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे पुस १० गते सोमबार देशभरकाका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरुसमेतमा सार्वजनिक बिदा दिने भनि निर्णय भएको हो।

5380
Shares

ट्रेन्डिङ