सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • साझा पार्टीले तोक्यो उम्मेदवार

साझा पार्टीले तोक्यो उम्मेदवार

3945
Shares
साझा पार्टीले तोक्यो उम्मेदवार

भक्तपुर, कात्तिक १४। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो । नेपाली काङ्ग्रेस भक्तपुरले सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ भने नेकपामा आकांक्षी १६ जना भएपछि सहमति जुटाउन आज पनि बैठक जारी छ । अन्य दलहरुपनि उम्मेदवार छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।
– रासस

3945
Shares

ट्रेन्डिङ