विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।
हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।