सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि

8930
Shares
काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे, ६ भदौँः  काभ्रेमा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा स्पाइनल एन्जरी अस्पताल भैसेपाटीका २३ जना रहेका छन् ।

स्पाईनल इन्जुरी अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी र विरामी संक्रमित भएका हुन् । त्यस्तै धुलिखेल अस्पतालका १२ जना चिकित्सक र कर्मचारी छन् । याे सँगै जिल्लामा संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण नि’धन भएको छ भने ४३ जना निको भएर घर फर्किसकेका छन् । ५९ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् ।

8930
Shares

ट्रेन्डिङ