सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • पनौती विश्व सम्पदामा सूचीकृत हुने

पनौती विश्व सम्पदामा सूचीकृत हुने

5870
Shares
पनौती विश्व सम्पदामा सूचीकृत हुने

काभ्रे  ,  मंसिर , १३ ,  ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले भर्खरै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताउनुभएको थियो ।

यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले बताउनुभएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो ।

5870
Shares

ट्रेन्डिङ