सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित अब ११ गते बस्ने गरी

काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित अब ११ गते बस्ने गरी

6380
Shares
काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित अब  ११ गते बस्ने गरी

काठमाडौं , पुष , ९ ,  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै पुस ११ गते दिउँसो १ः०० बजेका लागि बैठक बोलाएको हो।

“केन्द्रीय कार्यसमितिको बैठक २०७६ पुस १० गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७६ पुस ११ गते दिउँसो १ः०० बजे बस्ने भएको छ।” कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

१४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएपछि बहिष्कारमा उत्रिएको असन्तुष्ट समूहसँग सहमति जुट्न नसकेका कारण बैठक स्थगित गरिएको बताइएको छ।

यसअघि गत पुस ४ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको थियो।

6380
Shares

ट्रेन्डिङ