सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • तनहुँमा च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

तनहुँमा च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

5460
Shares
तनहुँमा च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

 वैशाख, २२, तनहुँ । तनहुँमा घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो ।

तीन जना मध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिए ।

-रासस

5460
Shares

ट्रेन्डिङ