सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ

7125
Shares
कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ

काभ्रे: बिहीवार अस्पतालमा कोरोनाका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जानकारी दिए। उनका अनुसार आज परीक्षणको रिपोर्ट आएको हो।

शिशु तथा उनका बाबु, हजुरआमा र सानिआमाको पनि थ्रोड स्वाब लिइएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको डाक्टर ताम्राकारले बताए। ‘उहाँहरुको रिपोर्ट नेगेटिभ आएको छ। अब उहाँहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाइने छ,’ डाक्टर ताम्राकारले भने, ‘उहाँहरुलाई अब आइसोलेसनबाट क्वारेन्टाइनमा पठाइने छ।’ सुत्केरी महिलाको मृत्यु भएलगत्तै शिशु र परिवारका सदस्यलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियो।

7125
Shares

ट्रेन्डिङ