सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

5415
Shares
संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

काठमाडौं, जेठ १५ : कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।

संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।

१ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

5415
Shares

ट्रेन्डिङ