सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नागरिकता विधेयकको विरोधमा बिरगंजमा बृहत प्रदर्शन

नागरिकता विधेयकको विरोधमा बिरगंजमा बृहत प्रदर्शन

4575
Shares
नागरिकता विधेयकको विरोधमा बिरगंजमा  बृहत प्रदर्शन
  • सुनिल श्रेष्ठ

बिरगंज , असार १६ । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल सरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रदर्शन गरेको थियो । नेपाली पुरुषले भारतिय महिला सङ्ग बिवाह गरे अब ७ बर्ष पछी मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटि बेटिको सम्बन्ध रहेकोले यस सम्बन्धलाई बिगार्न खोजेको आरोप समेत लगाएका थिए । केन्द्रिय निर्देशन अनुसार मंगलवार जसपाले स्वमिङ्गपुल आदर्शनगरबाट निकालिएको जुलुस बिरगंज परिक्रमा गरि घन्टाघरमा पुगि कोणसभामा परिणत भएको थियो ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य करिना बेगम , बीरगंज महानगरको नगर प्रमुख विजय सरावगी , केन्द्रीय सचिव सुरेन्द्र नाथ तिवारी , सदस्यहरू बाबुलाल यादव , शशिकपूर मियाँ , परमानंद चौधरी , सिपु तिवारी , मिनु ठाकुर , बरकतुल नेसा, रम्भा मिश्रा, प्रतिमा जोशी, पार्टी नेताहरू प्रेमबाबु पटेल, सुन्दर कुर्मी , उपाध्यक्ष मदन प्रसाद यादव ,खैरूद्दीन मियाँ ,रमेश प्रसाद यादव ,मुकेश द्धिवेदी, अनवर हुसैन , अयुब मियाँ , सलाउद्दीन मंसूरी, निरज पाण्डे , महानगर अध्यक्ष लियाकत अली , कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता, ओमप्रकाश सरार्फ , युवा सचिव संजीव यादव , बीरगंज महानगर पालिकाका वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, संतोष तिवारी , रियाज मियाँ ठकुराई , तुफैल अख्तर युवा नेताहरू आशुतोष चतुर्वेदी ,विष्णु पटेल ,राकेश दुबे ,सौकत अली ,मुकेश वर्णवाल , कर्मठ ठकुरी , सैफ मंसूरी , जियाउल हक , नुर आलम , भुषाल चौरसिया , महसिन रजा ,समीर हवारी , उमेश गुप्ता विधार्थी नेताहरू मधुसूदन चौरसिया , विक्की पटेल,सगिर अली , अफरोज, अंकित मिश्रा, महिला नेतृहरू प्रतिमा सिंह , संगीता दास , रेखा पासवान , लक्ष्मी साह , मिथिलेश सिंह , अमृता झा , लगायतको उपस्थिति रहेको जिल्ला अध्यक्ष राजेशमान सिंहले सबैको समाचार लाई जानकारी गराउनु भयो ।

जसपा जिल्ला अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

4575
Shares

ट्रेन्डिङ