सबैको समाचार
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आज बिहानैदेखि बदलीः कस्तो रहला आज दिनभरको मौसम ?

आज बिहानैदेखि बदलीः कस्तो रहला आज दिनभरको मौसम ?

6110
Shares
आज बिहानैदेखि बदलीः कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैं, ९ भदाै । देशभर मंगलबार बिहानैदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको मौसममा पनि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

मंगलबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

महाशाखाका अनुसार हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ।

6110
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका